माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाँउपालिका वडा नं. २ जल्पाको जनसेवा युवा समुहले आफ्नो १८ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका २ जल्पाका वडाध्यक्ष निर वहादुर सारुले संस्थाले सामाजिक रुपान्तरणको क्षेत्रमा गरेको कामको प्रशंसा गर्नु भयो।

बिशिष्ट अतिथि भिमि सरा आले, संस्थापक सचिब जय बहादुर सारु र मोहन बहादुर रखाल लगायतले जनसेवा यूवा समूहले स्थापना कालदेखि जल्पामा गरेका योगदानको चर्चा गर्दै थप सफलताको शुभकामना दिनु भयो। यस्तै संस्थाका अध्यक्ष तुल्सा देवी बस्यालले संस्थाको भावीयोजना सहित बार्षिक प्रगती प्रतिबेदन सुनाउदै गाँउका युवाहरु बिदेश पलायन हुनु र भएका युवाहरुले पनि सामाजिक जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न नसक्नुले संस्था सञ्चालनमा चुनौती थपिएको औल्याउनु भयो ।

अधिबेशनमा संस्थाका कोषाध्यक्ष पदम बाहादुर थापा दर्लामीले ९ लाख ३ हजार ४९३ रुपियाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आफ्नो कार्यकाल अवधिमा कसैले प्रश्न नगर्ने गरी आर्थिक पारदर्शीता कायम गरेको बताउनु भयो ।

अधिबेशनले श्रीधन कवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा माया राना, सचिवमा पदम थापा दर्लामी, सह सचिवमा लेख कुमार सारु र कोषाध्यक्षमा तुल्सा बश्याल चयन हुनु भएको छ । जल्पा वडा भित्रका टोल स्तरीय युवा क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अधिबेशन संस्थाका सचिव श्रीधन कवरको सञ्चालन तथा अध्यक्ष तुल्सा देवी बश्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।