निस्दी, पाल्पा । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि निस्दी गाउँपालिका पाल्पाले एकीकृत घुम्ती शिविरको आयोजना गरेपछि स्थानीय जनताहरु खुशी भएका छन् ।

आर्थिक वर्ष २०८१ ०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत कीकृत घुम्ती शिविरबाट गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार सुरक्षा सामग्रि वितरण र अभिमुखिकरण, लघु उघम सामाग्री प्रदर्शन, ज्येष्ठ नागरिक सम्मान, असहाय महिला र वालिका सहायता वितरण, डकुमेन्ट्रि प्रदर्शन लगायत विविध सेवा दिएको पालिकाका अध्यक्ष मुक्त बहादुर सारूले बताउनु भयो ।

पालिकाको ७ वटै वडामा सञ्चालन हुने एकीकृत घुम्ती शिबिरबाट गाउँमै सेवा पाएपछि स्थानीय नागरिक खुशी भएका हुन । सेवा लिन पालिकासम्म पुग्न पनि निकै समस्या भएको बखत आफ्नै गाउँमा सेवा लिन पाउँदा उनीहरु खुशी भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।

निस्दी गाउँ पालिकाको वडा नं. १ बाकामलाङ देखि सुरूभएको शिविर, सहकोट, झिरूवास र मित्यालको मुढाबासमा सम्पन्न भएको योजना अधिकृत तथा सूचना अधिकारी सरोज खनालले जानकारी दिनु भयो ।