पिरिमसङ्गै हाम्रो पढाइ जारी हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारी हुनुपर्छ।

पैसै त कमै होला तर अवसर छ सेवा गर्ने
त्यही भएर जागिर चै सरकारी हुनुपर्छ
पिरिमसङ्गै हाम्रो पढाइ जारी हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारी हुनुपर्छ।

GK, IQ लिखितलाई, पुग्ने गरि सबैखाले
लोक सेवा बुकको सिङ्गै आलमारी हुनुपर्छ
पिरिमसङ्गै हाम्रो पढाइ जारी हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारी हुनुपर्छ।

सपनाको फेर समाई,अनेक जघांर पार गर्दै
एकअर्काको सफलताको हिस्सेदारी हुनुपर्छ
पिरिमसङ्गै हाम्रो पढाइ जारी हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारी हुनुपर्छ।

जागिर विकट भएपनि, हामी निकट रहने हो
सके एउटै,नभए अफिस वारीपारि हुनुपर्छ
पिरिमसङ्गै हाम्रो पढाइ जारी हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारी हुनुपर्छ।

अरु कुरा होईन अब,यही आउदो वर्षभित्रै
मेरो सेतो सर्ट तिम्रो निलो सारी हुनुपर्छ
पिरिमसङ्गै हाम्रो पढाइ जारी हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारि हुनुपर्छ।
हामी छिट्टै निजामति कर्मचारी हुनुपर्छ।