बुटवल । कालिका मानवज्ञान मावि बुटवलको ६४ ओैं वार्षिकोत्सव एवम् अभिभावक दिवस अन्तर्गतको कविता तथा सिङ्गिङ आईडल प्रतियोगिता विहिवार विहान सुरु भएको छ ।

जिल्लास्तरीय कविता प्रतियोगितामा रुपन्देहीका १९ वटा विद्यालय उपस्थित भएका छन् । उक्त प्रतियोगिता स्व. शेरबहादुर गुरुङको स्मृतिमा राखिएको अक्षयकोषबाट सञ्चालन गरिएको हो । यस्तै स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष स्थापना गरि चौथो संस्करण सिङ्गिग आईडल समेत सञ्चालन भईरहेको छ ।

प्रतियोगितामा कालिका मानवज्ञान माविका १० जना विद्यार्थीको सहभागिता रहेको छ । उक्त दुवै कार्यक्रमका प्रमुख अतिथि शिक्षाकर्मी एवम् सामाजिक व्यक्तित्व होमबहादुर गलामी रहनु भएको छ ।