काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले एघारौं नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसपटक स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहका परीक्षामा ४४।७४ प्रतिशत औसत उत्तीर्ण भएका छन्।
स्नातकोत्तर तहमा ४५।९८ प्रतिशत, स्नातक तहमा ६५।६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२।५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
स्नातकोत्तर तहमा एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायतका १८ विषयमा ८७ जना परीक्षार्थी रहेका थिए, जसमा ४० जना ९४.५८ प्रतिशत० सफल भएका छन्। स्नातक तहमा १३ विषयका एक हजार ४०३ विद्यार्थीको सहभागिता थियो, जसमा ९२१ जना ६५.६५ प्रतिशत० उत्तीर्ण भएका छन्।
प्रमाणपत्र तहमा पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापी लगायतका ९ विषयमा एक हजार ९६१ परीक्षार्थी रहेका थिए, जसमा ४४३ जना २२.५९ प्रतिशत० मात्र उत्तीर्ण भएका छन्।
परीक्षामा एड्भान्स एजुकेशन एण्ड इनोभेटीभ रिसर्च सेन्टर प्रालि, बबरमहल, काठमाडौंमा सोमबारदेखि बुधबारसम्म परीक्षा सञ्चालन गरिएको थियो। परिषद्ले उत्तीर्णहरूको प्रमाणपत्र वितरणका लागि आगामी दिनहरूमा सूचना प्रकाशन गर्ने जानकारी दिएको छ।