कम्तीको संघर्षले हुँदैन
पूर्ण मानव आकृतिमा परिणत गराउन
एउटा जीवित सुषुप्त भ्रुणलाई

गर्भधारण गर्न सक्नु
सृष्टि गतिशिल राख्नु नारी शक्ति हुन् ।

अर्धप्राण त्यागेर
नव मानव उत्पत्ति गर्नु आमाको महानता हो
आमा-एक साक्षात् भगवान हुन्

कठोर मेहनतले मात्र सफल हुन्छ
एक पूर्ण मानवको रुपमा उभ्याउन
एक नव जात शिशुलाई

सन्देह;
नव प्रविधिको युग
नव पुस्ताको मस्तिष्क चेत
आधुनिक गुडिया र रोबोटिक आविस्कार
टेष्टट्युब बेबी उत्पादनको सफल परीक्षण

गरिँदैछ नारी शक्तिलाई कम आकलन
आमाको महानता माथि धूमिल प्रक्षेपण

तथापि,
आमाको मातृत्व जस्तो के होला
आमाको महानता बढी के आविस्कार होला ?

यद्यपि,
आफ्नै रगतको डल्लो प्रतिको मातृत्व
र ममताको घैला रित्तिएको कहिल्यै देखिएन ।

        (निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा)