काठमाडौं । नेपाल प्रिमियर लिग NPL मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गर्दै दोस्रो जित हात पारेको छ। यस खेलको दौरान विराटनगर किंग्सले १३९ रनको लक्ष्य पुरा गर्न सकेन र सुपर ओभरमा मात्र ५ रन जोड्न सक्यो।
पोखराले पहिलो ब्याटिङ गर्दा १३९ रन बनाएको थियो, जसको जवाफमा विराटनगरले समान रन जोड्न सकेको थिएन। सुपर ओभरमा पोखराले १८ रन जोड्दा विराटनगरले केवल ५ रनमा समेटियो।
सुपर ओभरमा पहिले पोखरा एभेन्जर्सले ब्याटिङ गर्दै आन्द्रेस गौस र रेमन्ड रेइफरले बलिङ गरेका विराटनगरका कप्तान सन्दीप लामिछानेको बलमा उत्कृष्ट प्रहार गरे। रेइफरले सुरुमा दुई छक्का र एक चौका प्रहार गर्दा, पोखराले १८ रन जोड्न सफल भएको थियो।
विराटनगरको सुपर ओभरमा १९ रनको लक्ष्य पछ्याउँदा, गप्टिल र निकोलस किर्टोनले ब्याटिङ गरे। रेइफरको बलमा गप्टिल र किर्टोनले एक रन मात्र जोड्न सके र विराटनगरले ५ रनमै समेटिएको हो । यसअघि, २० ओभरको खेलमा दुवै टोलीले समान १३९ रन बनाएका थिए। पोखराका लागि आन्द्रेस गौसले ३९ रन जोडे भने, रेमन्ड रेइफरले २३ बलमा ३४ रन जोडे। विराटनगरका प्रतिश जिसी र क्रिस सोलले २ विकेट लिए ।
यस जितसँगै पोखरा एभेन्जर्सको लिगमा दोस्रो जित हो भने विराटनगर किंग्सले पाँच खेलमध्ये चार खेल हारिसकेको छ र लिग चरणबाट बाहिरिन नजिक पुगेको छ।