नवलपरासी । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अवका शिक्षा सीपयुक्त हुनु पर्ने बताउनु भएको छ ।
नवलपरासी कावासोतीको शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा बोल्दै उहाँले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सीपको सर्टीफिकेट पनि दिन सक्नुपर्ने बताउनु भएको हो ।
गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगरि माध्यमिक तहको शिक्षा मै बढी ध्यान दिन पनि उहाँले आग्रह गर्नु भयो । मन्त्री सिंहले विद्यालयको अध्ययन सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफै चलाउन सक्ने सक्षम नागरिक उत्पादन भइसक्नु पर्नेमा जोड दिनु भयो ।