पाल्पा । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।

पाल्पामा अध्यक्ष सचिव र दलित सदस्य बाहेक अन्य पदमामा यस अघि नै निर्बिरोध भएको थियो । मंसिर २८ गते सम्पन्न निर्बाचनमा संयुक्त प्यानलतर्फका उम्मेदवार कमलराज तिमिल्सेनाले ५२ मत ल्याई अध्यक्ष पदमा विजयी हुनु भयो । उहाँको निकटतम प्रतिस्पर्धी प्रेस सेन्टरका कृष्ण दर्नालले ११ मत प्राप्त गर्नु भएको थियो । यसैगरी महासंघको सचिवतर्फ भएको निर्वाचनमा संयुक्त प्यानलका उम्मेदवार रामचन्द्र रायमाझीले ४९ मत प्राप्त गरी विजयी हुनु भयो । उहाँको निकटतम प्रतिस्पर्धी स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष समेत रहेका भोजराज भट्टराईले १३ मत प्राप्त गरी उपविजेता बन्नु भयो । यसैगरी खुल्ला दलित सदस्यतर्फ हरिबहादुर विक निर्वाचित हुनु भएको छ । उहाँले ५० मत प्राप्त गर्नु भयो भने प्रेस सेन्टरका डोलबहादुर विकले १० मत प्राप्त गरी उपविजेता हुनु भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघ पाल्पाका पुर्व सभापति गोविन्द भट्टराईले जानकारी दिनु भयो ।

अन्य पदमा भने यस अघि नै निर्विरोध भइसकेका छन् । महासंघको उपाध्यक्षमा खुलातर्फ मुक्तिप्रसाद न्यौपाने, महिलातर्फ बन्दना पोखरेल, सहसचिवमा खुलातर्फ दुर्गेश मल्ल, सहसचिवमा समावेशीतर्फ दानबहादुर हिस्की, कोषाध्यक्षमा विजय वौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा नेत्र गैरे, दयाराज न्यौपाने, सुनिल कार्की, दिपक ढुङ्गाना, सुशीला रेग्मी, हरिबहादुर बिक र धनबहादुर ठाडा निर्वाचित भए ।
यसैगरी केन्द्रीय परिषद् सदस्यमा यज्ञमूर्ति तिमिल्सिना, राजेन्द्र लिगल, सीता डोटेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोख्रेल, दीपक भट्टराई, इमानसिंह राना र पवित्रा घिमिरे निर्वाचित भएका छन् ।