बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा प्रथम मगर साहित्य महोत्सव २०८१ सञ्चालन भएको छ ।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले मगरहरुको सबै भन्दा ठूलो इमानदारीता, सोझोपन र बहादुरी भएको बताउनु भयो । उहाँले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि मगरहरुले महत्वपूर्ण योगदान दिएको समेत उल्लेख गर्नु भयो । उपसभामुख रानाले मगर महिलाहरुले नै महोत्सवको आयोजना गरेकोमा खुशी व्यक्त गर्नु भयो ।

यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताउदै बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र समेत ल्याएको बताउनु भयो । प्रमुख पाण्डेयले मगर समुदायलाई आवश्यक सहयोग गर्नका लागि आफू तयार भएको उल्लेख गर्नु भयो।

महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जेबी पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहने आयोजकले जनाएको छ । यस्तै समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती र उहाँले तयार पार्नु भएको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिनु भयो ।

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

मंसिर २१ र २२ गते सम्म सञ्चालन हुने महोत्सवमालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो ।