पूर्वखोला, पाल्पा । पालिका स्तरीय परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) का लागि तीन दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत यो भ्रमण सम्पन्न भएको हो ।

भ्रमणको क्रममा परियोजना अनुगमन तथा समन्वय समितिका संयोजक एवं पालिका अध्यक्ष नुन बहादुर थापाले चेतना र सहयोगले मात्रै होईन् त्यो संगै कृषक सदस्यहरुको दृढ संकल्प र निरन्तर अभ्यासले मात्रै लक्ष्य हासिल हुने बताउनुभयो । समुहसंगको छलफलमा उहाँले भन्नुभयो आर्थिक सम्वृद्धि र सामाजिक विकास त्यति बेला संभव छ जतिबेला कृषक आफ्नो खुट्टामा उभिन सक्छ ।

त्यस्तै, भ्रमणको क्रममा समुह छलफलमा बोल्दै पालिका उपाध्यक्ष भागिरथी भट्टराईले महिला सशक्तिकरण यहाँको महिला दिदीबहिनीहरुको काम गराई देखाएको बताउनुभयो । उहाँले भन्नुभयो आर्थिकोपार्जनको ढोका त्यतिबेला खुल्छ जतिबेला महिलाहरु केही गर्नको लागि एकजुट हन्छ । जुन कुरा भ्रमणको क्रममा यहाँ देख्न पायौं ।

उता पालिकाका प्रमुख प्रशासकिय राजु नेपालले सरकार, संस्था र दिदीबहिनीहरुको श्रम लगानीले आम्दानीमा सहयोग पुगेको बताउनुभयो । समुहसंगको छलफलमा उहाँले भन्नुभयो तँपाईरुरको यो भोगाई र गराईले नेपालमै केही गर्नु पर्छ भन्ने बोध सबैलाई गराएको छ । त्यसैगरि समाज उत्थान सहयोग केन्द्रका अध्यक्ष बल बहादुर थापाले आर्थिक रुपान्तरणका लािग यहाँको दिदीबहिनीहरुले गरेको काम अनुकरणीय रहेको बताउनुभयो ।

परियोजना अनुगमन तथा समन्वय समितिका संयोजक तथा पालिका अध्यक्ष नुन बहादुर थापाको संयोजकत्वमा आयोजना गरिएको यो भ्रमण क्रममा पहिलो दिन नवलपरासी जिल्लाको गैडाकोट नगरपालिकाको न्यायिक समितिको टिमसंग, दोश्रो दिन सिन्धुली जिल्लामा रहेको सिन्धुली कला घरको अवलोकन गर्दा त्यहाँको युवाहरुले परम्परागत र ऐतिहासिक रुपमा पुर्खाहरले प्रयोगमा ल्याएका औजारहरुको संग्रहले पुन एकपटक सबैलाई आफ्नो पुस्तालाई सोच्न बाध्य बनाएको थियो भने सन्धुली गढीको साक्षात्कारले हाम्रा देशका विर शहिदहरुले अंग्रेजसंग गरेको युद्ध र ईतिहाँस रचेको कुराहरुको प्रत्यक्ष सबैले बोध गरेका थिए ।

यो स्थानले पर्यटन सम्बद्र्धन र विकासको कुरालाई समेत उजार गरेको भ्रमण टोलीमा सहभागीहरुले बताएका थिए । उता सोही दिन दुधौली नगरपालिकाको टिमसंग, सोही नगरपालिका वडा नं ८ मा रहेको प्रयास समाजिक उद्यमी महिल सहकारी संस्थाको सञ्चालक समितिको टिमसंग त्यस्तै सोही नगरपलिकाको वडा नं ३ र ४ मा रहेको सगुन कृषि तथा पशु विकास स्वावलम्बि महिला समुहसंग कृषि र पशुमा भएको कामको बारेमा व्यापक छलफल भएको थियो ।