रम्भा, पाल्पा । अमर आधारभुत विद्यालय रम्भा ४ पाल्पाको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको पुर्नगठन गठन भएको छ । अभिभावक भेलाले कृष्णबहादुर सिंजालीको अध्यक्षमा रहेको समितिलाई विघटन गर्दै ओमकुमारी सारुको अध्यक्षतामा सात सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समितिको गठन गरेको हो ।
अभिभावक भेलाले अनिता दर्लामीको अध्यक्षतामा एघार सदस्यीय शिक्षक अभिभावक संघको समेत पुनर्गठन गरेको छ । व्यवस्थापन समितिको सदस्यमा भगवती खनाल,बिन्दु काफ्ले ,तुलसा सारू,पदेन सदस्य वडा अध्यक्ष कृष्णबहादुर रायमाझी र शिक्षक प्रतिनिधिमा मधुसुदन खनाल सहित विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद बस्याल सदस्य सचिव रहेनुभएको छ।
अभिभावक भेलाका प्रमुख अतिथि एवं रम्भा गाउँपालिका प्रवक्ता तथा ४ नं वडाका वडाध्यक्ष कृष्ण बहादुर रायमाझीले नवगठित दुबै समितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । नवगठित विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमकुमारी सारुले विद्यालयको शैक्षिक गुणस्तर सुधार अभिवृद्धिमा आफू सधै कुशल व्यवस्थापनमा आफ्नो जोड रहने बताउँनुभयो । भेलाले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।