काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अप्रिल ६ देखि दुबई र दमामका लागि नियमित उडान सन्चालन गर्ने भएको छ ।
निगमले यही चैत्र २० गते शुक्रबार एक सूचना जारी गर्दै हाललाई अप्रिल ६ देखि मे २ सम्मको लागि उडानको समय तालिका सार्वजनिक गरेको छ । ती क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्याउनका लागि उडान सञ्चालन गर्न लागिएको जनाएको छ ।

उडानका दौरानमा आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको निगमले जनाएको छ । पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई समेत निगमले धन्यवाद दिएको छ ।