बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सेयर सदस्यहरुका लागि सहकारी तथा उद्यमशीलतासम्बन्धि एक दिवसीय तालिम सम्पन्न गरेको छ ।

तालिममा कानुङ सहकारीको परिचय, गतिविधि,सहकारीका सिद्धान्त,मूल्य, मान्यताका साथै उद्यमशीलताको अर्थ, यसका लागि आवश्यक तत्वहरु र उद्यमशीलताका पक्षहरु, बजार र बजारीकरणसम्बन्धि विषयवस्तुमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नु भएको थियो ।

तालिमका सहभागी पार्वती थापाले सिकाई प्रभावकारी रहेको र आफूलाई उद्यमशील बन्नका लागि प्रेरणा मिलेको बताउनु भयो । सहकारी संस्थाका अध्यक्ष बेनप्रसाद थापाले आफ्नो सहकारीले सहभागीहरुलाइ आयआर्जनतर्फ उन्मुख गराउँदै उन्नतशील एवम् नमूना सहकारी बनाउने अभियानमा क्रियाशील रहेको बताउनु भयो ।

सो सहकारी संस्थाका उपसमिति संयोजक गुमाकुमारी सिंजाली, सञ्चालक समितिका कोषाध्यक्ष ठमि थापा,सदस्यहरु हेमबहादुर बुढाथोकी, पीताम्बर र चरङ्गे संकलन केन्द्रकी संयोजक निमकला सिंजाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा तीन दर्जन बढी सेयर सदस्यहरुको सार्थक सहभागिता रहेको कार्यालय प्रमुख कुसुम थापाले जानकारी दिनु भयो ।