सियारी ७, अमुवा । उत्तम महिला सहकारी संस्था लि. सियारी वडा नं. ७ अमुवाले आफ्नो कार्यसमिति, लेखा समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुका लागि तीन दिवसीय सहकारी सञ्चालन तथा व्यवस्थापनका लागि टीम म्यानेजमेन्ट तालिम सञ्चालन गरेको छ ।

तालिममा सहकारीका सिद्धान्त, नीति, नियम, सहकारी सञ्चालन र व्यवस्थापनका लागि टीम बिल्डिङ्ग, सहकारीमा उद्यमशीलता, बजार तथा बजारीकरण, सहकारीका वर्तमान समस्या एवम् चुनौती र समाधानका बाटाहरु, सहकारीमा सञ्चार, सहकारीमा सामाजिक सञ्जाल प्रयोग र लेखा विधिसम्बन्धि विषयवस्तुमा प्रशिक्षण गरिने आयोजकले जनाएको छ । माघ १३ गते मंगलवारदेखि अमुवाको विश्वप्रकाश प्रतिष्ठानमा शुरु भएको उक्त तालिमको सहजीकरण सहकारी अभियन्ताहरु युवराज घिमिरे, दलबहादुर गुरुङ, जीतबहादुर सिलवाल तथा सञ्चारकर्मी स्वस्तिक श्रेष्ठ र निर्मल पाण्डेयले गर्नुहुनेछ ।

उत्तम महिला कृषि सहकारी,सियारीमा २०७१ सालदेखि महिलाकाबीच कृषि क्षेत्रमा कार्य गर्दै आएको संस्था हो । संस्थाले कृषि क्षेत्रमा आफ्ना सदस्यहरुलाई कर्जा लगानी गर्दै आईरहेको संस्थाकी अध्यक्ष सुदीक्षा खरेलले बताउनु भयो ।