कसेनी, पाल्पा । न्यु जल्पादेवी युवा क्लब माथागढी-३ कसेनी सिलङ्गीले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ क्ल्वले आयोजना गरेको बी–लेबल टोल–गाउँस्तरीय भलिबल प्रतियोगितामा वगनासकाली गाउँपालिका–७ पाल्पाको झाँक्रीस्थान भलिबल क्लब पहिला भयो ।

प्रतियोगितामा आयोजक न्यु जल्पादेवी युवा क्लब दोस्रो र तिनाउ गाउँपालिका–५ कोलडाँडाको मिलन युवा क्लब तेस्रो भए । विजेता तथा उपविजेता टिमहरूलाई पुरस्कार, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सहयोगी दाताहरूलाई समेत क्लब अध्यक्ष टेक चौहान मगर, प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम चिदी मगर, विशिष्ट अतिथि माथागढी गाउँपालिका वडा न ३ का वडाध्यक्ष तेज घर्ती मगर र वडा सदस्य मानबहादुर रानाले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

समापन समारोह न्यु जल्पादेवी युवा क्लबका अध्यक्ष टेक चुहानको अध्यक्षतामा सम्पन्न भएको थियो। पाँच दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।