बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) मा चौथो साहित्यिक महोत्सव सम्पन्न भएको छ ।
सरस्वती पूजाका अवसरमा शुक्रबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव, पुस्तक विमोचन, कथाबाचन लगायतका विविध कार्यक्रम सम्पन्न भएका हुन् । विद्यालयकी निर्देशक पुष्पा कंडेलको अध्यक्षता, क्यामरिन हेड लिलामणी पाण्डेको संचालनमा भएको कार्यक्रममा विद्यार्थीले रचना गरेको विस्पर अफ यङ माइन्डको विमोचन भएको थियो।
वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीको प्रमुख अतिथितामा भएको कार्यक्रममा विद्यार्थी र साहित्यकारका बीचमा अन्तरसम्वाद समेत संचालन गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।
साहित्य कसरी लेख्न गर्ने, साहित्यकार बन्नका लागि के के गर्नु पर्छ?, एउटा विद्यार्थी कसरी साहित्यकार बन्न सक्छ, भन्ने विषयमा विद्यार्थी विद्यार्थी र साहित्यकारका बीचमा अन्तरसम्वाद भएको कुँबरले बताए ।
कक्षा पिदेखि १२ सम्मका ५०० भन्दा बढी विद्यार्थी र अभिभावका बीचमा भएको यो कार्यक्रमले विद्यार्थीहरुमा रहेको साहित्यक प्रतिभालाई प्रस्फुटन गराउने र साहित्यप्रति रुचि जगाउने संस्थापक प्राचार्य कुँबरले बताए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गित, संगित प्रस्तुत पनि गरेको व्यवस्थापक उमेश कँडेलले जानकारी दिए । यस्तै नयाँ विद्यार्थीहरुको अक्षरआरम्भ समेत गरिएको व्यवस्थापक कंडेलले बताए ।