एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिकाले सञ्चालन गरेको १७ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा ७ औं रम्भा गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता सम्पन्न भएको छ ।

असेर्दी स्पोेर्टस क्लबको खेलमैदान रम्भा १ असेर्दीमा ४ दिन सम्म चलेको प्रतियोगितामा यस वर्ष पनि अमृत पब्लिक माध्यमिक विद्यालय रम्भा ३ पिपलडाँडाले उपाधि जितेको छ । अमृत पब्लिक माध्यमिक विद्यालयले १२ स्वर्ण, २ रजत तथा ७ कास्य गरि २१ पदक जितेर प्रथम स्थान हासिल गरेको हो । यसैगरि कृष्ण माध्यमिक विद्यालय रम्भा ३ झेस्काङ्गले ८ स्वर्ण, ७ रजत तथा ३ कास्य गरि १८ पदक ल्याएर दोश्रो तथा जनकल्याण माध्यमिक विद्यालय रम्भा १ हुँगीले ५ स्वर्ण, ६ रजत तथा ६ कास्य गरि १७ पदक जितेर तेश्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक सहित रविकिरण मावि रम्भा ३ पिपलडाडा चौथो, १ स्वर्ण, २ रजत तथा ६ कास्य गरि ९ पदक ल्याएर सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोट पाचौं भएको थियो । छात्र तथा छात्रा दुवै तर्फ भलिबल, कबड्डी, एथलेटिक्स खेलहरु सामेल गरिएको प्रतियोगितामा ३० स्वर्ण, ३० रजत तथा ३४ कास्य पदकको लागि प्रतिस्पर्धा भएको थियो ।

विजयी खेलाडी तथा विद्यालयहरुलाई रम्भाा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, लेखा अधिकृत पोष्टराज न्यौपाने समाजसेवी रिखीराम अर्याल, कृष्णप्रसाद अर्याल लगायतका विशिष्ट व्यक्तिहरुबाट मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भयो । रम्भा गाउँपालिकाका ९ माध्यमिक विद्यालयहरुको सहभाागीता रहेको खेलमा खेल सम्पन्न गर्न सहयोग पु¥याउने सहयोगीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

खेल सम्पन्न गर्न रम्भा गाउँपालिकाका खेल शिक्षकहरुलाई परिचालन गरिएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख मीनादेवी आचार्यले बताउनु भयो । पुरस्कार वितरण कार्यक्रम शिक्षा अधिकृत मीनादेवी आचार्यको संचालन तथा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।