राजकुमार आले
सिलुवा, पाल्पा । पशु र कृषिमा संलग्न कृषकहरुलाई मध्यनजर गरि पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवामा दुई दिने व्यवसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत यो तालिम दिएको हो ।

गर्न सके गाउँमै मनग्य आम्दानी हुने कुरालाई जोड् दिदै वडा नं १ सिलुवाका अध्यक्ष गिरमान आलेले भने कृषकले आफुले योजना अनुसार लगानी र खर्चको हिसाब किताव राख्न सके फाईदा वा घाटाको लेखा जोखा राम्रोसंग आफैलाई थाहा हुने बताए । उनले भने यो तालिमले कृषकलाई आफ्नो व्यवसायिक योजना अनुरुप व्यवासय सञ्चालन गर्न प्रेरित गरेको छ ।

त्यस्तै अहिले सम्म मैले कुनै हिसाब किताव नगरी व्यवसायमा लागेको बताउदै कृषक घनश्याम पन्थीले भने अब मैले व्यवसायिक योजना बनाएर मात्रै व्यवसायमा हात हाल्ने काम गर्छु । व्यवसायिक योजना हामी सबैको लागि महत्वपूर्ण रहेको बताउदै अर्का कृषक कृषण कुमारी राजले भनिन् यो तालिम निकै उपलब्धिमुलक भयो परियोजनालाइृ धन्यवाद दिन्छु ।

मण्डली युवा उद्यमी समुहका अध्यक्ष डिल बहादुर हिस्कीको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना संयोजक राज कुमार आले, व्यवसायिक विकास सहजकर्ता रविन्द्र पंगेनी लगायतले तालिममा सिकेका कुरा व्यवहारमा उर्तानु पर्ने विचार राखेका थिए । २० जना सहभागीहरु रहेको यस तालिमको सहजिकरण हेफरका कार्यक्रम अधिकृत नागेन्द्र भट्ट, पालिकाका उद्यम विकास सहजकर्ता लोकेन्द्र धामीले सहजिकरण गरेका थिए ।