वहादुरपुर, पाल्पा । माथागढी गाउँपालिका वडा नं. ८ वहादुरपुरका चारवटै वडामा सञ्चालन भईरहेका बालविहानी कक्षाका बालबालिकालाई जापानी नागरिक ओके बाजीले स्टेशनरी सामग्री वितरण गर्नु भएको छ।
ओके बाजीले विगत ६ वर्षदेखि नै प्रत्येक दुई–दुई वर्षमा बालविहानी कक्षा सञ्चालन गर्न भवनदेखि आवश्यक स्टेसनरी सामग्री सहयोग गर्दै आउनु छ । सोही उद्देश्यले यसपटक पनि स्टेशनरी सामग्री हस्तान्तरण गरिएको र यसका लागि आफु नियमित रूपमा बहादुरपुर आइरहेको ओके बाजीले बताउनु भयो।
नजिकै रहेको बाल विकास आधारभूत विद्यालयमा दिउँसो पढ्न जाने भए पनि बालबालिकामा बिहानको समय विहानी कक्षामा अध्ययन गर्ने बानीको विकास भएको स्थानीय सान्तु रानाले जानकारी दिनुभयो। उहाँले विहानी कक्षाले बालबालिकाको अनुशासन, पढाइप्रतिको रुचि र सिकाइ क्षमतामा सकारात्मक प्रभाव परेको समेत बताउनु भयो ।