तिनाउ, पाल्पा । महिला समन्वय समिति, तिनाउ गाउँपालिका वडा नं. १ कचल, पाल्पाले वडाभित्र रहेका महिलाहरुका लागि तीन दिवसीय महिला प्रशिक्षण तालिम शनिवारदेखि कचलमा सुरु गरेको छ ।

तालिममा महिला सशक्तिकरण, उद्यमशीलता,महिला हिंसाका कारण र रोकथामका उपायहरु,संस्कृति र सम्पदा संरक्षणमा महिलाको भूमिका, बालविवाहका कारण,रोकथाम र कानुनी सजायँका साथै समूहहरुमा राखिने हिसावकितावका बारेमा सामाजिक अभियन्ता राजेश श्रेष्ठ, महिला अधिकारकर्मी सावित्रा राना र संरक्षणकर्मी दलबहादुर गुरुङले सहजीकरण गर्दैछन् ।

तालिममा वडाका ठूलीउदाङ, झिंगामारा, ओखलढुंगा, काफलबारी, कचलफाँट, बुढीकोट, आरुखुदी गाउँका १९ वटा महिला समूहका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ५७ जनाको सहभागिता रहेको महिला समन्वय समितिकी सचिव शान्ता कुँवरले बताईन् ।

उक्त तालिमको आयोजना महिला समन्वय समिति, तिनाउ वडा नं. १ कचल र आर्थिक सहयोग तिनाउ गाउँपालिकाले गरेको छ ।