विष्णु जिसी
देवगीर, पाल्पा । रत्न माध्यमिक विद्यालय माथागढी ४ देवगीर पाल्पाको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको पुनर्गठन गरिएको छ ।
पुर्नगठित ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पदम बहादुर जि.सी. र ११ सदस्यीय शिक्षक अभिभावक संघको अध्यक्षमा उषा कुवर चयन हुनु भएको छ । पुर्नगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु र शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुलाई विद्यालयले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
उक्त समितिहरु गठन प्रक्रियामा माथागढी गाउँपालिकाका शिक्षा शाखा संयोजक प्रकाश पाठकले शहजिकरण गर्नु भएको थियो । कार्यक्रममा माथागढी वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामी, अभिभावकहरु, शिक्षाप्रेमी, बुद्धिजीवी र समाजसेवीहरुको उपस्थिति रहेको प्रधानाध्यापक निर बहादुर सारुले बताउनु भयो ।