रामपुर ,पाल्पा । रामतुलसी नमुना माध्यमिक बिद्यालय रामपुर पाल्पामा रेडक्रस सर्ककलद्धारा आयोजित जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ ।
पाल्पा जिल्लाका ४८ विद्यालय सहभागी रहेको कार्यक्रममा रक्तदान, शैक्षिक प्रर्दशनीसँगै विविध साँस्कृृतिक कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले रेडक्रस सोसाइटीको योगदानको उच्च प्रशंसा गर्दै
रेडक्रस केवल एक संस्था मात्र नभई मानवता र करुणाको पहिचान समेत भउको बताउनु भयो ।
उहाँले विद्यार्थीमार्फत रेडक्रस गतिविधि गाउँस्तरमा विस्तार गर्न आवश्यक तालिम, स्रोत साधन तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन सहजिकरणका लागी आफू सदैव प्रतिबद्ध रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा नगरप्रमुख रमण बहादुर थापाले रामपुर नगरभित्र रेडक्रस र स्काउट नभएका विद्यालयमा कमिटि गठन गरेर अगाडि बढ्न सुझाव दिदै आवश्यक परेको ठाँउमा नगर सधैँ सहयोगी बन्ने बताउनुभयो ।
अन्तराष्ट्रिय वि.पि. चिन्तन प्रतिष्ठान केन्द्रिय अध्यक्ष सन्दीप रानाले पछिल्लो समय आफू केन्द्रित मानसिकता भएका बेला आफूले कसरी अरुलाई सहयोग गर्न सकिन्छ भन्ने सेवाभाव रहेको संस्थाप्रति आभार व्यक्त गर्नुृभयो । यस्ता संस्थाहरु र सरकारी निकायहरु मिलेर नैतिकता,असल आचारण सिकाउदै आफूभन्दा पहिले राष्ट्र सम्झने पुस्ता तयार गर्न यस्ता कार्यक्रमहरु हरेक विद्यालयमा गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी पाल्पाका कार्यकारी निर्देशक विनोद भारतीले कार्यक्रमको उद्धेश्य ,भावी योजना सहित २ दिने गोष्ठीको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ मरासीनीले गनुभएको थियो । कार्यक्रमकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गर्नु भएको थियो ।