काठमाडौं । जेन–जी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।
जेनजी युनाइटेड परिवर्तन समूहले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।


