बासुदेव ढकाल
रामपुर, पाल्पा । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले निर्णय प्रमाणित सहितको १२ औं अधिवेश तथा २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अधिबेशनले खगेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतमा नौ सदसिय संचालक समिति निर्विरोध चयन गरेको छ । उपाध्यक्ष सुरेश आचार्य, सचिव मधुसुदन आचार्य, कोषाध्यक्ष प्रमिला आले, सदस्यहरूमा सुदांशु हमाल ठकुरी, सुरज गौतम, तिलबहादुर श्रेष्ठ, मञ्जुदेवी पोखरेल, सकुन्तला सुनार चयन भएका छन् ।

अधिवेशनले लेखा सुपरिवेक्षण समित संयोजक विष्णु प्रसाद लम्साल र सदस्यहरु राम प्रसाद ढकाल, सुनिता भट्टराई पोखरेललाई चयन गरेको हो । पाल्पा जिल्लाका ढुङ्गानाबेसी जब्गादी ताहु हेक्लाङ्ग र किसानबारीमा चरण बद्ध रुपमा सेवा केन्द्र स्तरीय साधारण सभा तथा प्रतिनिधि छनोट गरी शनिबार केन्द्रिय कार्यालयमा निर्णय प्रमाणित सहित साधारण सभा सम्पन्न गरेको हो ।

अन्धकार मुक्ती साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा संस्थाको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीका मूल मर्म, सिद्धान्त र अवधारणाबारे प्रकाश पार्दै, “काम गर्दा अप्ठ्यारा परिस्थिति आउँछन्, तर त्यसबाट विचलित नभई निष्ठापूर्वक अघि बढ्नु नै सफलताको रहस्य हो,” भन्दै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका जिम्मेवारी, कर्तव्य र अधिकारबारे जानकारी गराउनु भएको छ।

संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले निर्णय प्रमाणित सहितका प्रमुख विषय, प्रस्ताव र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालको अवस्था सार्वजनिक गर्नु भएको छ । उहाँका अनुसार २०८२ असार मसान्तसम्म आइपुग्दा संस्थामा ११,४४० जना शेयर सदस्य पुगेका छन्। संस्थाले हालसम्म कुल बचत रु। १ अर्ब २६ करोड, कुल ऋण लगानी रु। १ अर्ब ५ करोड, कुल शेयर पूँजी रु १५ करोड ८३ लाख सहित कुल पूँजी परिचालन रु। १ अर्ब ६४ करोड बराबर गरेको र खुद नाफा रु। ३ करोड ४६ लाख ६१ हजार ४८९ कमाएको छ। यस वर्ष पनि शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने निर्णय साधारण सभाले गरेको उहाँले जानकारी दिनु भएको छ।

साधारण सभामा शेयर सदस्य सन्दीप रानाले शुभकामना दिदै “उद्यमशीलताको विकास विना देशको आर्थिक समृद्धि सम्भव छैन” भन्दै सहकारीले उत्पादन र उद्यमशीलतालाई जोड्ने भावी योजना बनाउनु पर्ने सुझाव दिनु भएको छ । त्यस्तै शेयर सदस्य एकराज गौतम , वासुदेव ढकाल, भीमबहादुर नामजाली, र शम्भु प्रसाद अर्याल लगायत शेयस सदस्यले प्रदिबेदन उपर आफ्ना धारणा राख्नु भएको थियो । सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सहभागी प्रतिनिधी सदस्यहरुको सुझावलाई समेटेर संशोधन सहित पारित गरिने बताउदै आफुले संस्थामा एक कार्यकाल सञ्चालक समिति सदस्य, दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षका रूपमा सेवा गर्ने अवसर दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

सोही अवसरमा निर्वाचन उपसमिति सदस्य बालकृष्ण लम्सालले निर्विरोध निर्वाचित संचालक समितिका पदाधिकारीको नामावली घोषणा गर्दै नव निर्वाचित पदाधिकारीहरूलाई पदभार ग्रहण निर्वाचन उपसमिति सदस्य सूर्य प्रसाद धिमिरेले सपथ ग्रहण गराउनु भएको छ । नवगठित सञ्चालक समितिमा अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाह संस्थाको नीति तथा कार्यविधि निर्माणमा मार्ग निर्देशक हुने बताउदै प्रतिवद्धता मन्तब्य राख्नु भएको थियो ।

एकाईगत साधारण सभाबाट छनोट प्रतिनिधि, सञ्चालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, निर्वाचन उपसमिति, पत्रकार र कर्मचारीसहित १०० जना भन्दा बढी सहभागीता रहेको थियो । उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव ओम प्रकाश वस्यालले गर्नु भएको थियो ।