अर्चले, पाल्पा । निस्दी गाउँपालिका वडा नं.-६ अर्चले पाल्पा निवासी कृष्णा कुमारी रानाले आफ्नो स्वर्गीय श्रीमान भुम बहादुर रानाको सम्झनामा गोरखनाथ माध्यमिक विद्यालयमा ८९ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ ।

उक्त अक्षयकोष बापतको रकमबाट प्राप्त व्याजबाट गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई सहयोग गरिने अक्षयकोषदाता रानाले बताउनुभयो । स्वर्गीय रानाका जेष्ठ सुपुत्र याम बहादुर रानाले एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

स्वर्गीय राना तत्कालीन समयमा अर्चले गाउँ बिकास समितिमा निर्विरोध अध्यक्ष तथा सोही विद्यालयमा ३ कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर जिम्मेवारी बहन गर्नुभएको थियो । लामो समय देखि पक्षघातका कारण बिरामी हुनुभएका स्वर्गीय रानाको ७५ वर्षको उमेरमा यही साउन १५ गते निधन भएको थियो

अक्षयकोष हस्तान्तरण गर्दै जेष्ठ छोरा रानाले अक्षयकोष स्थापनाको उद्देश्य, महत्त्व र प्रयोग बारे बोल्नुभएको थियो । अक्षयकोष हस्तान्तरण कार्यक्रमको सन्चालन निमित्त प्रधानाध्यापक राजु प्रसाद भण्डारीले गर्नु भएको हो ।