१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम ईन्जिनियरिङ्ग विभागमा कार्यरत कर्मचारीहरुले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै कर्मचारीहरुले कार्यालय परिसरमा दीप प्रज्वलन गरेका हुन् । सो क्रममा उनीहरूले एक मिनेट मौनधारण समेत गरेका थिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७४ जनाको ज्यान गएको छ । सरकारले जेनजी युवाहरुको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउदै सार्वजनिक बिदा समेत दिएको थियो ।