काठमाडौं । नेपाल एयरलाइन्सले यही असोज ९ गतेदेखि चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान गर्ने गरी सूचना प्रकाशित गरेको छ ।
यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउथर्नले समेत नियमित उडान गरिरहेको छ ।
काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । यो नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।