काठमाडौँ । महान्यायाधिवक्तामा सबिता भण्डारी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ । यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो।
