जेन जी पुस्ताको जोड्दार माग र मुद्धा थियो संविधान संशोधन। त्यसमा पनि प्रत्यक्ष निर्वाचित कार्याकार्य सरकार प्रमुख। जेन जी पुस्ताको आन्दोलनले सफलता हाँसिल पनि गर्यो। उसको चाहना अनुसारको प्रधानमन्त्री पनि नियुक्त भईसक्यो । उसको चाहना अनुसार कै संसद विघटन पनि भयो । तर, जेन जी पुस्ताको संविधान संशोधन गर्ने महत्वपूर्ण अजेण्डा अधुरै रहयो ।

जेन जी पुस्ताले संविधान संशोधन नगर्दै संसद विघटन गर्नुपर्ने सहि निर्णय गर्यो। किन भने संविधान संशोधन गर्ने जस्तो अति संवेदनशील बिषय संविधानलाई नै सर्वोपरी मानेर गर्नुपर्ने हुन्छ । अथवा, संविधान संशोधन निवर्तमान संसदले नै गर्नुपर्ने हुन्थ्यो । त्यसो गर्दा जेन जी पुस्ताले चाहे जस्तो हुन सक्दैनथ्यो । किन भने संसदमा संविधान संशोधन गर्न नचाहनेहरू (काँग्रेस एमाले) को पूर्ण बहुमत थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख लगायत अग्रगामी मुद्धाहरू सहितको एजेन्डा लिएर संविधान संशोधन गर्ने प्रस्ताव संसदमा दर्ता भएको अवस्थामा त्यसको बिपक्षमा काँग्रेस-एमालेले नै मतदान गर्दथ्यो ।

अबको निकास के त ?

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने राष्ट्रपतिद्वारा घोषणा भईसकेको अवस्था छ । तोकिएको मिति मै चुनाव पक्कै होला । अबको चुनाव पछि देश कतातिर जान्छ, त्यो आम जनताको हातमा रहने भयो ।

प्रजातान्त्रिक व्यवस्था भएको मूलुकमा जनता नै सर्वोपरी हुन्छ । तर, आगामी चुनावमा जनताले सहि व्यक्ति र राजनीतिक दल चिन्न र चुन्न सकेन भने भदौ २३-२४ पुन: दोहोरिन्छ । त्यो भन्दा भयानक दुर्घटना देशमा घट्न सक्छ । त्यसैले, आम नेपाली जनताहरूमा म यो बिनम्र अनुरोध गर्न चाहन्छु कि क्षणिक स्वार्थ र भ्रममा नपरिकन सहि व्यक्ति र पार्टीलाई चिन्नुस् र चुन्नुस् । हिजोका दिनमा जस्तो ठूलो धनराशी खर्च गरेर चुनावमा उम्मेदवार बन्ने व्यक्ति र पार्टीलाई पुन: मतदान गर्नु भयो भने न हामी रहने छौँ, न हाम्रो देश नै रहने छ । होसियार ! होसियार ! होसियार !