१. साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली कहिले चीन प्रस्थान गर्नुभएको हो ?

.विसं २०८२ भदौ १४

–सम्मेलन आयोजना सन् २०२५ अगस्त ३१ – सेप्टेम्बर १, तियान्जिन (चीन)

–सो सम्मेलनमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको ।

–चीनको तियानजिनमा भएको एससिओ शिखर सम्मेलनमा सी जिनफिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको भेटले विश्व व्यवस्थामा नयाँ समीकरण र सन्तुलनको सन्देश दिएको ।

–अमेरिकासँगको चिसो सम्बन्ध र दबाबकाबिच भारत, चीन र रुसको निकटता बढ्दै गएको देखिएको, जसले पश्चिमी वर्चस्वमा चुनौती दिने सङ्केत गरेको ।

–तीन नेताको भेटलाई एसियाको युग सुरु भएको सन्देशका रूपमा पनि हेरिएको, जहाँ भारतले रुस र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन थालेको ।

–नेपालले एससिओभित्र क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सदैव कायम राख्ने बताउँदै प्रधानमन्त्री ओलीले साङ्घाई भावनालाई समर्थन गर्दै मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई बलियो बनाउन जोड दिनुभएको ।

–प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग चीन–भारत लिपुलेक सहमतिप्रति आपत्ति जनाउनुभएको थियो ।

–सन् १९९६ मा चीन, रुस, काजकिस्तान, किर्गिस्तान र ताजिकिस्तानबिच ‘साङ्घाई फाइभ’ नामक क्षेत्रीय समूह बनेको थियो । सन् २००१ मा उज्वेकिस्तानसमेत सामेल भएपछि यसलाई औपचारिक रूपमा साङ्घाई सहयोग सङ्गठन ९साङ्घाई को–अपरेसन अर्गनाइजेसन० नाम दिइएको थियो ।

–हाल चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस गरी १० पूर्ण सदस्य छन् ।

२. सरकारले ३२ औँ प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?

. चन्द्रकुवेर खापुङ

–विसं २०८२ भदौ १३ गते बसेको मन्त्रीपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक खापुङलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको ।

–हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आइजिपी नियुक्त गरेको । भदौ १९ गतेदेखि लागु हुने गरी नेपाल प्रहरीका ३२ औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका ।

३. ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि जित्ने प्रतिभा को हुन् ?

. लुना लुइँटेल

–दी हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औँ संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै भोजपुरकी लुनाले मिस नेपाल वल्र्डको ताज पहिरेकी ।

–‘युनिभर्सिटी अफ सिड्नी’ बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् ।

–प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता बनिन् ।

–विसं २०८२ भदौ १४ गते गोदावरी ‘सनराइज कन्भेनसन सेन्टर’ मा आयोजित मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’ को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।

–सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भएकी ।

४. सरकारले मुगु जिल्लामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय कहिले गरेको हो ?

. विसं २०८२ भदौ १३

–नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको ।

–वन मन्त्रालयको प्रस्तावमा भदौ १३ मा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको ।

–यसअघि विसं २०३२ मा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।

–डोल्पाको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९०६ वर्गकिलोमिटर भूभागलाई छुट्याएर छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको ।

–यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको ।

५. नेपालको पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला कुन हो ?

. डोटी

६. नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ?

. विसं २०६७ भदौ २८

७. नेपाल राष्ट्र बैङ्कले नेपालका विभिन्न १० वाणिज्य बैङ्कको विस्तृत सम्पत्ति गुणस्तर ९ऋण पोर्टफोलियो० परीक्षणका लागि कुन देशको लेखा परीक्षण संस्थासँग सम्झौता गरेको हो ?

. बङ्गलादेशको हाउलदार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स

–प्राविधिक तथा वित्तीय प्रस्तावको संयुक्त मूल्याङ्कनमा उच्चतम अङ्क प्राप्त गरेको हाउलदार युनुससँग ऋणको पोर्टफोलियो समीक्षा गर्न सो संस्थासँग राष्ट्र बैङ्कले सम्झौता गरेको ।

–अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले विस्तारित कर्जा सुविधा दिँदा विभिन्न १० वाणिज्य बैङ्कको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नुपर्ने सर्त अनुसार राष्ट्र बैङ्कले परामर्शदाता कम्पनी छनोट गरेको हो ।

८. नोबेल पुरस्कार पाउने सबैभन्दा ज्येष्ठ लेखिका को हुन् ?

. डोरिस लेस्सिङ (८८ वर्ष)

–पर्सिया अर्थात् हालको इरानमा जन्म भई जिम्बाबेमा हुर्कीएकी र पछि बेलायतको नागरिक बनेकी डोरिस लेस्सिङले सन् २००७ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरी सबैभन्दा बढी उमेर (८८ वर्ष) मा नोबेल साहित्य पुरस्कार विजेताको कीर्तिमान कायम गरेकी ।

९. नेपाल आइडल सिजन–६ को उपाधि जित्ने प्रतिभा को हुन् ?

. गङ्गा सोनाम ९सिन्धुपाल्चोक०

–विसं २०८२ भदौ १५ गते ललितपुरमा भएको ‘ग्रान्ड फिनाले’ मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता बन्नुभएको ।

–विजेता सोनामले रु। २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको ।

–प्रतियोगितामा वविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचाँै हुनुभएको ।

–२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल रहनुभएको ।

१०. राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट १० भित्र पर्न सफल भई पुरस्कृत हुने प्रतिभा को–को हुन् ?

.अविनाश भट्टराई (सिरहा), कर्ण सञ्जय (मोरङ), किशन पौडेल (मकवानपुर), गोमा श्रेष्ठ