काठमाडौं । संसदको शिक्षा समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले विधेयक प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

उक्त विधेयक बिहीबार समितिबाट पास भएको थियो। विधेयक प्रतिवेदन पेस गर्दै समिति सभापति थापाले विधेयक पास गर्न अहोरात्र खटिएका समिति सदस्य, कर्मचारी र सरोकारवाला निकायहरूलाई धन्यवाद दिनु भयो।

उहाँले विधेयकले निकै उत्कृष्ठ व्यवस्था गरेकाले यसको विरोधमा आन्दोलन गरेका आन्दोलनको तयारीमा रहेका विभिन्न समूहहरूलाई आन्दोलन रोक्न आग्रह समेत गर्नु भयो ।

समितिबाट विधेयक पास भएर आएपछि प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुन्छ। प्रतिनिधि सभाले पारित गरेपछि राष्ट्रिय सभामा पनि पारितका लागि पठाइन्छ। त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछ विधेयक ऐन बन्छ।