रामपुर, पाल्पा। रामपुर नगरपालिका–५ पल्पाको बेझाँड बजार चोकमा हाइमास्ट लाइट जडान गरिएको छ ।

प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत उक्त हाइमास्ट लाइट जडान गरिएको हो । लाइट जडान गर्नु हुँदै प्रदेश सांसद श्रेष्ठले उज्यालो वातावरण सिर्जना गरी आर्थिक र सामाजिक सुरक्षालाई बलियो बनाउने उद्देश्यले यो योजना ल्याइएको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रको सुरक्षा, सौन्दर्यकरण र व्यवसायिक सहजताका लागि लाइट जडान गरिएको बताउनु भयो । उहाँले यसकार्यबाट बजार क्षेत्रमा रातको समयमा अपराधिक गतिविधिमा कमी आउने र सर्वसाधारणलाई सहज वातावरण हुने अपेक्षा राखिएको बताउनु भयो ।

वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बेझाँड बजारको समग्र विकासको लागि उज्यालो शहर कार्यक्रम ल्याइएको उल्लेख गर्दै सडक र चोकहरूमा पनि यस्तै बत्ति जडान गरिने जानकारी गराउनु भयो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले लाइट जडानसँगै सुरक्षामा उल्लेखनीय सुधार हुने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा जडान गरिएको उक्त हाइमास्ट लाइट स्वचालित अटोमेटिक प्रणालीमा आधारित रहेको छ । गर्मीयाममा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म र जाडोमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लाइट बल्ने र आवश्यकता अनुसार स्वचालितरूपमा बन्द हुनेछ ।

महिनावारीलाई लाज होइन, सिकाइको अवसर बनाउँदै किशोरीहरु