तानसेन, पाल्पा । खानेपानी मन्त्री प्रदिप यादवले देशको भौगोलिक समस्या र सिमित स्रोतसाधनका बाबजुद पनि खानेपानीको समस्या समाधान गर्न सरकार सधै प्रतिबद्ध रहेको बताउनु भएको छ ।
तानसेन खानेपानी उपभोक्ता समिति पाल्पाको १० औ साधारण सभामा सम्बोधन गर्दै मन्त्री यादवले देश भर खानेपानी निशुल्क गर्ने महत्वाकांक्षी घोषणा समेत गर्नु भएको छ । तानसेनको खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले तानसेन–कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन गर्न सफल भएकोमा सवैको प्रसंसा गर्नु भयो ।

कार्यक्रममा सङ्घीय सांसद ठाकुर गैर र लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले तानसेनको खानेपानीसम्बन्धी समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो। कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला, समाजसेवी र बुद्दिजीवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।