सराई, पाल्पा । लायन्स क्लब अफ पाल्पा माडीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । माथागढी गाँउपालिकाको सराईमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा लायन बर्ष २०२४/२०२५ का अध्यक्ष लायन माया सारुले नवनियुक्त लायन बर्ष २०२५/२०२६ का अध्यक्ष राजकुमार पन्थीलाई घन्टी हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नु भएको थियो ।

माथागढी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहनु भएका राजकुमार पन्थीको नेतृत्वमा लायन्स क्लब अफ पाल्पा माडीको लायन बर्ष २०२५/२०२६को लागि नयाँ कार्यसमिति चयन भएको हो । लायन बर्ष २०२५/२०२६ को प्रथम उपाध्यक्षमा लायन भानुभक्त बस्याल, द्धितिय उपाध्यक्षमा लायन मान बहादुर राना, सचिवमा लायन विनोद नेपाली र कोषाध्यक्षमा लायन हस्त बहादुर सुनार पदस्थापन हुनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि माथागढी गाँउपालिका अध्यक्ष लायन्स क्लब अफ पाल्पा माडीका संस्थापक अध्यक्ष एवं Honorary District Advisor एम. जे. एफ. लायन यम बहादुर चिदीले लायन्स क्लबको भावना र मर्म अनुसार सेवा भावनामा समर्पित भई कार्य गर्न सफल हुनु भन्दै लायन बर्ष २०२५/२०२६ को क्लवका पदाधिकारीहरुलाई शुभकामना दिनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि सिनियर डिस्ट्रिक एडबाईजर एमजेएफ लायन भिम बहादुर श्रेष्ठ, एरिया २ का एरिया सेक्रेटरी लायन सुरेश कुमार भट्टराई र सार्जेन्ट एट आर्मस लायन मोहनलाल कार्की लगायतले बोल्नु भएको उक्त कार्यक्रममा लायन्स मेम्बरहरुको उपस्थिति रहेको थियो ।

लायन माया सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य लायन भानुभक्त बस्यालले र कार्यक्रमको संचालन सचिव लायन राजु नेपालले गर्नु भएको थियो ।