नेपालभरिका उद्यान (पार्क) हरुलाई एकीकृत गरि उद्यानको विकास र प्रवर्द्धन गर्ने हेतूले नेपाल उद्यान महासंघ दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय,काठमाडौमा दर्ता गरिएको सो महासंघका अध्यक्ष खेमप्रसाख लुंईटेलले जानकारी दिनु भयो ।

२०८० को जेठ ६ र ७ गते नेपाल उद्यान महासंघ,तदर्थ समितिले बुटवलको मणिमुकुन्द उद्यानमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनले उद्यानको विश्व ईतिहास, नेपालमा उद्यानको वर्तमान अवस्था र परिवेश, यसका फाईदा र सञ्चालनमा कानुनी अड्चन लगायत विषयहरुमा कार्यपत्र पेश गरि छलफल गरेको उक्त महासंघका सल्लाहकार डीआर घिमिरेले बताउनु भयो ।

देशभरि उद्यानहरु रहेतापनि यसको छाता संगठन नरहेको र हालसम्म पनि संघीय सरकार र प्रदेश सरकारहरुले उद्यानसम्बन्धि कुनैपनि ऐन,कानून नबनाई रहेको अवस्थामा भरखरै दर्ता भएको महासंघले तीनै तहका सरकारलाई ऐन बनाउन अनुरोध र सहयोग गर्नुपर्ने मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष एवम् उद्यान महासंघका सल्लाहकार माधव नेपालले बताउनु भयो ।

देशभरि रहेका उद्यानहरु पूर्णरुपमा विधिवत् सञ्चालनको अवस्थामा नरहेको र राज्यको सहयोग समेत यथेष्ट उपलब्ध नपाई रहेको वर्तमान अवस्थामा नेपाल उद्यान महासंघ दर्ता हुनु पक्कैपनि उपलब्धिपूर्ण रहेको नेपाल उद्यान महासंघकी केन्द्रीय सदस्य हरिकला कुमालले बताउनु भयो ।

महासंघको सल्लाहकारहरुमा डोरमणि पौडेल,डीआर घिमिरे,डीबी गुरुङ,माधव प्रसाद नेपाल र काशीराज दाहाल र सञ्चालक समितिमा खेमप्रसाद लुंईटेलको नेतृत्वमा १५ जना रहेकोमा तीनजना कार्यसमिति सदस्यको मृत्यु भईसकेको छ ।