भुवन सिंजाली
पूर्वखोला, पाल्पा । आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैयाको बजेट पारित गर्दै पुर्वखोला गाउँपालिकाको १७ औं अधिवेशन सम्पन्न भएको छ। असार ८ गते देखि सुरु भएको अधिबेशनमा ४ वटा बैठक बसेको थियो ।
अधिबेशनले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक, बाल संरक्षण नीति, आर्थिक वर्ष २०८२/८३ को निति तथा कार्यक्रम र विनियोजित विधेयक पारित गरेको छ । सोही अवसरमा व्यवसायीक कृषक, राम्रो काम गर्ने आयोजनाका उपभोक्ता समिति र कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो।

गाउँपालिकाकले संघीय समपुरक बजेटबाट खल्लुक भाङ्ज्याङ विर्ता सडक स्तरोन्नति आयोजनाका लागि १ करोड ३५ लाख, प्रदेश समपुरक तर्फ सेर्काबास हेक्लाङ सडक स्तरोन्नतिको लागि ९० लाख, हटिया जनमार्ग मावि सडक स्तरोन्नतिको लागि ६० लाख विनियोजन गरेको छ ।
यस्तै संघीय विशेष तर्फ विद्यालय क्ष्ऋत् व्यवस्थापनको लागि ७३ लाख, प्रदेश विशेष तर्फ सुन्तलाजात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम वडा नम्बर २ जल्पा र वडा नम्बर ५ विर्कोटको लागि १८ लाख विनियोजन गरेको छ।
पालिका स्तरिय आयोजनामा आकस्मित तथा विपद व्यवस्थापनको लागि २० लाख, असल अभ्यास मिडिया कार्यक्रमको लागि ३ लाख, युवा स्वरोजगार कार्यक्रमको लागि ८ लाख ५० हजार बजेट विनियोजन गरेको छ । मनोसामाजिक परामर्श कार्यक्रमको लागि ५ लाख ,मगर भाषा संरक्षण कार्यक्रमको लागि ३ लाख, देवीनगर वडालाई पुर्ण सरसफाइ कार्यक्रमको लागि ३ लाख, प्रशासनिक भवनको लागि २० लाख र कृषि तथा पशुपंक्षि विकास परियोजनाको लागि १ करोड बजेट छुट्याईएको छ ।

यस्तै बालमैत्री स्थानीय शासन कार्यक्रमको लागि १२ लाख, ढोलिमारा सामुदायिक सास्कृतिक घर निर्माणको लागि १० लाख, सहकारी प्रवर्द्धन कार्यक्रमको लागि २ लाख, डोजर जे सि वि खरिदको लागि ५५ लाख र ६ वटा वडालाई ६० लाखको दरले बजेट विनियोजन भएको छ ।
स्थानीय पाठ्यपुस्तक लेखन तथा छपाईको लागि ७ लाख, सुत्केरी शिक्षक विदामा बस्दा स्वयंसेवक शिक्षकको लागि ५ लाख ५० हजार, शिक्षक र विद्यालयलाई ल्यापटप प्रोजेक्टर व्यवस्थापनको लागि ७ लाख २० हजार, अभिभावक विहिन बालबालिका छात्रवृत्तिको लागि ३ लाख ५० हजार, नेपाल स्काउट कार्यक्रमको लागि ३ लाख, बाल कक्षा कुना व्यवस्थान क्षमता विकास शैक्षिक सामाग्री निर्माणको लागि ४ लाख ५० हजार बजेट परेको छ ।
अभिभावक शिक्षाको लागि ३ लाख, नसर्ने रोग सम्बन्धि स्वास्थ्य शिविर ६ वटा वडामा गर्ने गरि ४ लाख, अति विपन्न तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य विमाको लागि ४ लाख, सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि अभियानको लागि २ लाख, उच्चरक्तचाप मधुमेह औषधी खरिदको लागि ८ लाख, महिला स्वास्थ्य स्वयंसेविकालाई मार्सिक भत्ता तथा खाजाको लागि ९ लाख ३६ हजार गरि शिक्षा शाखालाइ जम्मा २ करोड ११ लाख, स्वास्थ्य शाखालाइ ७० लाख कृषि शाखालाइ २५ लाख र पशु सेवा शाखालाई १५ लाख बजेट विनियोजन गरेको हो ।

अधिवेशनमा सभाका सदस्यहरुले संघीय र प्रदेश सरकारबाट संचालन हुने आयोजनाहरु ढिलो संचालन हुने, कम गुणस्तरीय हुने, स्टेटमेन्ट अनुसार काम नहुने, समयमै नसकिने, निर्माण कार्य गर्दा अन्य स्थानीय तहबाट निर्माण सामाग्री ल्याउदा रोयल्टिमा दोहोरो परेको, व्यवसाय तथा निर्माण कार्यमा अनुगमन कम भएक , ठुला आयोजनाको डिपिआर नहुदा काम गर्न दुख भएको, धेरै बजेटको डिपिआर भएको, आयोजनामा थोरेै बजेट मात्र व्यवस्थापन गर्दा निर्माण कार्य सुरु गर्न नसकेको, स्थानीय पाठ्यपुस्तक छपाई नभएको, कार्यपालिकाले तय गरेको निर्णय कार्यनयन नभएको जस्ता गुनासो सल्लाह सुझाव राखेका थिए ।

सभाका सदस्यहरुले राखेको गुनासोलाई गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई प्रशासकिय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
गाउसभामा यस वर्ष ५ लाख भन्दा माथिका आयोजना मध्ये सबै भन्दा उत्कृष्ट काम गर्ने तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति आयोजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार बारघरे, सचिव सुनिता ढेंगा, कार्यक्रम अधिकृत विनोद नेपाल, स्वास्थ्य तर्फ पदम बहादुर थापा दर्लामी, कम्पुटर अपरेटर मन कहादुर सारु, कृषि पशु शाखाबाट हरि प्रसाद उपाध्याय सिग्देल, वडा सचिवबाट रुमि सरा दिसुवा मगर र कार्यालय सहयोगी शान्ति आचार्यलाइ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।
गाउँपालिकाको गाउँसभाको अधिवेशन गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।