रुप्से, पाल्पा । माथागढी गाउँपालिका वडा नं. २ रुप्से पाल्पाको दद्रामा एचपिभि डिएनए टेष्ट (HPV/DNA) मार्फत महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा १ सय जना महिलाको HPV/DNA Test र २८ जना महिलाहरुको भिआर्ईए (VIA) परीक्षण गरिएकोमा सवै भिआईए नेगेटिभ आएको थियो । यस्तै ७ जना महिलाहरुमा (PID) सेतोपानी बग्ने समस्या तथा २ जनामा आङ्ग खस्ने समस्या देखिएको रुप्से स्वास्थ्य चौकी प्रमुख विक्रम चिदीले जानकारी दिनु भयो ।

शिविरमा बोल्नु हुँदै पालिका अध्यक्ष यम बहादुर चिदीले माथागढी पालिका भित्रका महिलाहरुको प्रजनन स्वास्थ्य रुण्णतालाई मध्यनजर गर्दै पालिकाकले नीति तथा कार्यक्रम नै बनाएर अघि बढिरहेको बताउनु भयो । यस्तै पालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले महिलाहरुले आफ्नो प्रजनन स्वास्थ्यको बारेमा खुलेर चेकजाँच गर्नु पर्ने सुझाव दिनु भयो ।
गाउँपालिका स्वास्थ्य प्रमुख केशव बहादुर जिसीले कार्यक्रमको उद्धेश्य बारे जानकारी गराउँदै HPV/DNA Test पहिलो पटक शुरु गरिएको भएपनि VIA जाँच भने नियमित रहेको बताउनु भयो ।

वडा नंं २ का वडाध्यक्ष बोम बहादुर ठाडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुप्से स्वास्थ्य प्रमुख विक्रम चिदीले गर्नु भएको थियो । शिविर स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, माथागढी गाउँपालिकाको समन्वय र रुप्से स्वास्थ्य चौकीको सञ्चालनमा सम्पन्न भएको हो । यस्तै शिविर वडा नं.५ हात्तिलुङ्गमा पनि सम्पन्न भएको छ ।