तानसेन, पाल्पा। दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत तानसेन पाल्पामा युवा लक्षित सीपमूलक तालिम सुरु भएको छ।
इन्स्योर परियोजनामार्फत तानसेन नगरपालिकाको ४० लाख लागतमा १० महिना अर्थात १६९६ घण्टाका लागि संचालित तालिममा कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन र विल्डिङ्ग इलेक्ट्रिसियन सम्बन्धी सीप सिकाईनेछ ।
जयन टेक्निकल कलेज अफ टेक्नोलोजी बुटवलले संचालन गरेको तालिमको सुभारम्भ गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले सरकारको लक्ष्य अनुसार युवालाई सीप प्रदान गरेर स्वरोगजार बनउन तालिमले टेवा पुग्ने बताउनु भयो । उहाँले शैक्षिक बेरोजगारी बढेको समयमा युवालाई सीप प्रदान गरेर आयआर्जनसंग जोड्न नगरपालिकाले तालिमको आयोजना गरेको उल्लेख गर्नु भयो ।
कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले जीवनउपयोगी शिक्षाबाट आयआर्जन र गरिबी निवारण गर्न टेवा पुग्ने विश्वासका साथ आयोजना गरिएको तालिमले युवाहरुलाई स्वरोजगार बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
तालिमको उद्घाटन समारोह जयन टेक्निकलका प्रशिक्षक महेश नेपालीको स्वागत तथा तालिम संयोजक टेक बहादुर धामीको संचालनमा सम्पन्न भएको थियो । तालिममका तानसेन र अन्य स्थानीय तहका गरी ४० जना युवा सहभागी छन्।