देवगीर, पाल्पा । रत्न माध्यमिक विद्यालय देवगीर पाल्पाको ६७ औ बार्षिकोत्सव समारोह तथा अभिभावक भेला सम्पन्न भएको छ ।
समारोहमा विद्यालयका प्रध्यानाध्यापक नीर बहादुर सारुले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयको भौतिक एवम् आर्थिक प्रगति संगै शैक्षिक गुणस्तरमा सुधार आएकाले विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताउनुभयो ।
बार्षिकोत्सवकै अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्नुभएका सहायक प्र.अ. निता कुवँर जिसी, अक्षयकोषदाता तथा वि.ब्य.स अध्यक्ष पदम बहादुर जिसीलाई सम्मान गरेको थियोे । यस्तै २०८० सालको एसईईमा उत्कृष्ट जिपिए समित उत्तिर्ण भएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
वि.ब्य.स अध्यक्ष पदम बहादुर जि।सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधागत पुरस्कार र छात्रवृत्तिहरु वितरण गरिएको भने अभिभावक विहिन जेहन्दार विद्यार्थीको लागि कानुङ स्टेसनरीका प्रोप्राईटर देव रानाले शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले संस्कृति झल्किने विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।