दिल बहादुर खन्गाहा
निस्दी ,पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ वेलघाटमा झोलुङ्गे पुल शिलान्यास गरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले ढुङ्गानाबेशीमा रहेका कृषक निस्दी वारीपारी गर्न कठिन भएकोले कृषि प्रयोजनका लागि पुल निर्माण हुन लागेको बताउनु भएको छ । उहाँले पुल बनेपछि यो क्षेत्रमा व्यवासायिक रुपमा तरकारी खेती र अन्य खेती बृहत रुपमा अगाडि बढाउनु पर्ने बताउनु भएको छ।
कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पछिल्लो समय बेमौसमी तथा मौसमी तरकारी गेडागुडी अदुवा बेसार जस्ता बस्तुको निस्दी पकेट क्षेत्र बन्दै गएकोमा यस्ता पुलहरु अति आवश्यक भएको बताउनु भयो । उपभोक्ता समितिका अध्यक्ष सुर्य बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव एकराज आर्यलले र स्वागत अममाया मश्राङ्गीले गर्नु भएको थियो ।