१. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र आर्थिक विश्लेषणसम्बन्धी अमेरिकी ब्युरो (बिइए) का अनुसार अमिरिकी राज्य क्यालिफोर्निया आर्थिक शाक्तिमा कति औँ स्थानमा रहन सफल भएको छ ?
. चौथो
२. तेस्रो नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधि कसले जित्यो ?
.ललितपुर सिटी एफसी (उपविजेताः पोखरा थन्डर्स) ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि जित्न सफल भएको ।
सर्वोत्कृष्ट खेलाडी : आयुष घलान (पोखरा थन्डर्स)
उत्कृष्ट गोलरक्षक : प्रिसो (पोखरा थन्डर्स)
सर्वाधिक गोलकता :अहमद हिजाजी (धनगडी एफसी)
इनर्जेटिक प्लेयर : मणि लामा (ललितपुर सिटी एफसी)
इमर्जिङ प्लेयर : सन्तोष खत्री (ललितपुर सिटी एफसी)
फेयर प्ले अवार्ड : झापा एफसी
च्याम्पियन ललितपुरले ८० लाख र उपबिजेता पोखराले ३० लाख रुपियाँ पुरस्कार हासिल गरेका । त्यस्तै, आयुषले दुई लाख ५० हजार, प्रिसो र हिजाजीले एक लाख ५० हजार तथा मणि र सन्तोषले एकरएक लाख रुपियाँ व्यक्तिगत पुरस्कार प्राप्त गरेका ।
३. सन् २०२५ मा विश्वकै ठुलो धार्मिक मेला प्रयागराज महाकुम्भ मेला कुन कुन नदीको सङ्गममा आयोजना भएको थियो ?
. गङ्गा, जमुना र सरस्वती
४. विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
. ५.८ प्रतिशत सन् २०२६ मा भने सो वृद्धिदर ६।१ प्रतिशत पुग्ने अनुमान रहेको । विश्व बैङ्कका अनुसार दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक वृद्धि प्रक्षेपण
५. नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको नागरिक नायक – २०८२ उपाधिबाट कसलाई सम्मानित ग¥यो ?
. नन्दादेवी कुँवर ९संरक्षणकर्मी०, घनश्याम पाठक (प्राध्यापन) र पुजा महतो (क्रिकेटर)
६. सन् २०२५ को अमेरिकन कलेज अफ फिजिसियन (एसिपी) अन्तर्गत प्रतिष्ठित ओस्लर कप उपाधि जित्न सफल नेपाली चिकित्सक को हुन् ?
. डा. रिया बोहरा
–एसिपी ओस्लर कप जित्ने रिया पहिलो नेपाली हुन् ।
–प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको, अमेरिकालगायतका देशका ६० उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीको सहाभागिता रहेको ।
–सो प्रतियोगितामा प्रतिस्पर्धीले उच्चस्तरीय क्लिनिकल चुनौतीमा सहभागिता जनाएका थिए ।
७. डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी कुन हो ?
. एनसेल
–सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा विसं २०८२ वैशाख ७ गते एनसेल डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत भएको हो ।
–सूचीकृत भएसँगै नियमन, पारदर्शिता र साइबर सुरक्षा सुदृढ हुने अपेक्षा गरिएको छ ।
–हाल एनसेलको ललितपुरको नख्खुमा बैङ्क, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसै गरी यसले पोखरा र हेटाँैडामा डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालन गर्दै आएको छ ।
८. भारत र पाकिस्तानबिच सन् १९६० मा भएको जलसन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय कहिले भएको हो ?
.सन् २०२५ अप्रिल २३
–भारतले कस्मिरको पहलगाममा सन् २०२५ अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी हमलामा पाकिस्तानी नागरिकको संलग्नता
देखिएको भन्दै भारतले कूटनीतिक सम्बन्ध घटाउने, सिन्धु जलसन्धि निलाम्बन र भिसा रद्द गर्नेलगायतका निर्णय गरेको ।
९. नइ एकेडेमी अस्ट्रेलिया शाखाद्वारा साहित्यतर्फको ‘नइ पारिजात अवार्ड – २०२५’ कसलाई प्रदान गरियो ?
. साहित्यकार रामप्रसाद कोइराला
. पत्रकारितातर्फ : निरु त्रिपाठी र सीता रसाइली
. नइ वर्ष युवा पुरस्कार २०२५ ९१२–२४ वर्षका पाँच जना सम्मानित
. साहित्यतर्फ : मोक्षदा अम्गाई
. गीतरसङ्गीततर्फ : सन्देश पौडेल
. नृत्यतर्फ : गौरीमा रायमाझी र सिमोन सिर्पाली
. खेलकुदतर्फ : मिया पुन
१०. नेपाल–भारतबिच चार सय केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनासम्बन्धी सम्झौता कहिले भएको हो ?
. विसं २०८२ वैशाख ९ गते
यस अघि २०८१ माघ २९ मा भारको नयाँ दिल्लीमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल–भारतबिच इनरुवा–न्यू पूर्णिया र दोदोधरा ९न्यू लम्की०– बरेली बिचको चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमति भएको थियो ।
११. राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालले फोटो पत्रकारिता अवार्ड– २०२५ बाट कसलाई सम्मानित ग¥यो ?
.मनोज शाही र कविता थापा (गोरखापत्र)