विष्णु जिसी
माथागढी, पाल्पा । माथागढी गाँउपालिका वडा नम्बर ४ झडेवामा बन्न लागेको पालिका भवनको अध्यक्ष यम चिदीले धार्मिक प्रचलन अनुशार पुजापाठ गरी सिलान्यास गर्नु भएको छ ।
संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लगानीमा निर्माण हुन लागेको उक्त भवनको लागि ६ करोड ७६ लाख ८५ हजार रुपिया खर्च लाग्ने प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद घिमिरेले बताउनु भयो ।

कार्यक्रममा पालिका भवन निर्माण गर्न करिब साढे ८ रोपनी जग्गा उपलब्ध गराउने डा सुर्य बहादुर जिसी, गोबिन्द बहादुर जिसी, श्याम बहादुर जिसी तथा स्थानीय जिसी परिवारलाई पालिका अध्यक्ष यम चिदिले धन्यबाद दिनु भयो । उक्त प्रशासकीय भवन निर्माण संगै ३०० क्षमताको सभाहल समेत तयार हुने पालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनु भयो ।