भैरवस्थान, पाल्पा । पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल भैरवस्थान मन्दिरमा संचालित पार्किङलाई व्यवस्थि गराउन सरोकारवालासँग छलफल गरिएको छ।

स्थानीय सरकारको पहलमा मन्दिर व्यवस्थापन समिति, व्यापारी, सुरक्षा निकाय रअन्य स्थानीय सरोकारवालाको सहभागितामा छलफल गरिएको हो। पार्किङ सुरु भएपछि देखिएका समस्या र चुनौतीसंगै मन्दिरको धार्मिक र व्यवसाहिक प्रचारमा टेवा पुग्ने हिसाबले काम अघि बढाउन छलफलका सहभागीले सुझाव दिएका थिए ।

छ्लफलमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भैरवनाथ मन्दिर नेपाल मात्रै नभएर एसियामै प्रसिद्ध मन्दिर भएको र दैनिक सयौको संख्यामा आउने भक्तजनका सवारीलाई एकै स्थानमा पार्किङ गरी पैदल मार्गबाट मन्दिरको दर्शन गर्नाले मन्दिरको प्रसिद्धतामा वृद्धि हुने बताउनु भयो। उहाँले स्थानीयको आयआर्जनमा वृद्धि, साघुरो सडकमा देखिएको अव्यवस्थित ट्राफिक एंव सवारीलाई व्यवस्थित गरी संचालन गरिएको पार्किङले सबै पक्षलाई सहजता हुने अपेक्षा राख्नु भयो।

प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले मन्दिरको आर्थिक र सामाजिक रुपमा देखिएका व्यवस्थपनलाई चुस्त गराउनुपर्ने बताउनु भयो। उहाँले पार्किङ व्यवस्थापनले व्यापार व्यवसायदेखि अन्य कार्यमा सकारात्मक परिवर्तन देखिने भन्दै अन्य कार्यमा पालिकाले सहजीकरण गर्दै जाने बताउनु भयो।