काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।

वैशाख ११ गते देखि सञ्चालन हुने भनिएको परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो ।

यद्यपि बोर्डले बैठक बसेर परीक्षाको तालिका भने भोलि बुधबार मात्रै सार्वजनिक गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा केही दिन सार्न निर्देशन दिनु भएपछि सोही अनुसार परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो।