रिब्दीकोट, पाल्पा । रिब्दीकोट गाउँपालिकाले लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित तथा जनजाति समुदायका युवाहरूलाई लक्षित गरी ३५ दिने निशुल्क ड्राइभिङ तालिम शुरु गरेको छ ।

उक्त तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिमले युवाहरुलाई सीप प्रदान गर्नुका साथै उनीहरूलाई रोजगार र स्वरोजगारमा जोड्ने दिशामा महत्वपूर्ण कदम हुनेछ बताउनु भयो ।

बेरोजगार युवाहरुलाई स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न गाउँपालिकाको पहलमा सञ्चालित यो तालिमले सहभागी युवाहरूलाई व्यावसायिक ड्राइभरका रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ ।