तिलोत्तमा, रुपन्देही । तिलोत्तमा नरपालिका वडा नम्बर १३ रुपन्देहीमा रहेको लुम्बिनी वल्र्ड स्कुलले शैक्षिक गुणस्तरका १६ वटा सुचक पुरा गरी अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

विद्यालयले स्टानचुली म्यानेजेमन्ट एण्ड सर्भिसेज, युके बोर्डबाट उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमणित चिन्ह प्राप्त गरेको हो । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धार्थ सोलुसन प्रालिका सन्तोष गिरीले विद्यालयका अध्यक्ष योगेश घिमिरे, विद्यालय सल्लाहकार महेन्द्र नाराण श्रेष्ठ सहितका सञ्चालक र प्रिन्सपल विष्णु प्रसाद ढकालको उपस्थितिमा उक्त चिन्ह प्राप्त गरेको सर्टिफिकेट प्रदान गर्नु भएको थियो ।

विद्यालयका अध्यक्ष योगेश घिमिरेले ३ बर्षको लागि पहिलो पटक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको जानकारी दिदै आगामी दिनमा पनि यसलाई निरन्तता दिनको लागि मापदण्डको पूरा पालना गर्ने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।

टिचिङ्ग एण्ड लर्निङ्ग प्रोग्राम, स्क्ट्राकुलर एक्टीभिटीज, कन्डक्ट सर्पोट एण्ड काउन्सीलिङ्ग, एजुकेशन सर्भिस, इ–लर्निङ्ग, एसीस्मेन्ट एण्ड एक्सामिनेसन, टे«निङ्ग, सेमिनार, वर्कसप, एकेडेमिक डेभलमेन्ट एण्ड प्रमोटिङ्ग सोसल एण्ड कल्चर अर्वानेस लगायतका विषयमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसको ९००१ः२०१५ प्राप्त गरेको हो ।