रामपुर, पाल्पा । रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सव तथा कृषि, पर्यटन एवं व्यापार मेला २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघको कार्यालयमा बसेको ३१ औं बैठकबाट पारित भएको खर्च बुधबार सार्वजनिक गरेको हो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले महोत्सवबाट १ करोड ३० लाख १० हजार ८५ रुपयाँ आम्दानी भएको र १ करोड १ लाख २४ हजार ८ सय १७ रुपियाँ मेल सञ्चालन खर्च भई २८ लाख ८५ हजार २ सय ६८ रुपैयाँ बचत भएको जानकारी दिनुभयो ।
संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ चौथो संस्करणको महोत्सव गत माघ १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो । बचत भएको रकमले संघको भवन निर्माणलाई पूर्णता दिन महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष ढकालले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते, शुक्रबार