पाल्पा । समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा योगदान पुर्याएको भन्दै पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीलाई चन्द्रा कमला शिवहरि वाग्ले सुसेलीबाट सम्मान गरिएको छ ।
उहाँलाई राष्ट्रिय सुसेली फाउन्डेसनले सातौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा समीक्षकको रूपमाद्वारा काठमाडौंमा सम्मान गरेको हो । साहित्यकार रेग्मीलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता साहित्यकार चन्द्रा न्यौपानेले सम्मान गर्नु भएको थियो ।
फाउन्डेसनले रेग्मी सहित विभिन्न विधाका पन्ध्रजना स्रष्टाहरूलाई सम्मान समेत गरेको थियो । पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुनुहुन्छ। दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरि सक्नु भएका रेग्मी समीक्षक समेत हुनुहुन्छ ।