काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।
काठमाडौँमा सुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गर्नुभयो । उहाँले प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरू आज विविध मुलुकका नागरिक भएता पनि हामी बिचमा सभ्यताको साझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको समेत बताउनुभयो ।
उहाँले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरू रहेको उल्लेख गर्नुहुँदै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्ने बताउनुभयो । सम्मेलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोवास गर्ने नेपाली सहभागीहरूको समेत सहभागिता रहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १, शुक्रबार